सम र समकालीन नेपाली रंगमञ्च

डा. शिव रिजाल

जर्मन देब्रे ढल्कुवा विद्वान वाल्टर बेन्जामिनले भने, ‘इतिहास भन्ने बस्तु निरन्तर बनिरहने क्रममा हुन्छ ।’ दोश्रो विश्वयुद्धको समय थियो । समय खासगरि यूरोपका बिभिन्न देशहरू अझ जर्मनीमा त झनै भयावह भएर जाूदै थियो । बाल्टर बेन्जामिन यहुदी थिए । हिल्टरको शासनकाल थियो । उनले आफ्नो लेख खास गरि ए थेसिस अन् द फिलोसफी अफ् हिस्ट्रीमा लेखे, ‘इतिहास कहिल्यै पनि सिद्धिदैन । यो त ब्याख्या हुूदै जानेक्रममा हुन्छ । ब्याख्या गरिने वैचारिक आधारहरू समय अनुसार परिवर्तन हुूदै जाने गर्छन् । त्यसैले इतिहास जहिले पनि चाखलाग्दो बिषय भएर रहिरहन्छ ।’ आफ्ना बिभिन्न लेख अनि पुस्तकहरूमा उनले इतिहास र आम नरनारीहरूबीच बिद्यमान सम्बन्ध उजागर गर्ने क्रममा यस्तो आशय भएका बिचार प्रश्तुत गरेका छन्, ‘समाजमा संघर्षका कथाहरू कहिल्यैपनि रोकिंदैनन् । एउटा पुस्ताका नरनारीहरूले गरेका संघर्षले अर्को अथवा ति भन्दा पछि आउने पुस्ताले गर्नुपर्ने संघर्षका स्वभावहरूमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । बिगत र बर्तमान छुट्टयाउनै नसकिने गरि नारिएर आउूछन् हाम्रो जीवनमा ।’
बाल्टर बेन्जामिनले इतिहासमाथि राखेको ब्याख्याका आधारमा नेपाली आधुनिक रंगमन्चको इतिहास अनि यसको समकालिन अवस्था हेर्दा हामी केहि नयाू कुराहरू भन्न सक्छौं भन्ने आशय हो यो लेखको । बालकृष्ण समदेखि समकालिन आधुनिक रंगमन्च एउटा नैरन्तर्य भएर बसेको छ नेपालमा । समका नाटकका अनि उनका अन्य कामहरूका ब्याख्या समयानुसार परिवर्तन हुंदै जाने छन् । एउटा समय थियो समका नाटकहरूको चर्चा नगरि आधुनिक समालोचकहरू आफूलाई स्थापित अनि बलियो भएको मान्दैनथे । त्यसो त कलेज अथवा बिश्वबिद्यालयका कक्षा कोठाहरूमा समका नाटकहरूमाथि चर्चा अझै पनि हुने गर्छन् । उच्च स्तरका प्राज्ञिक अनुसन्धानहरू प्रसस्तै भईरहेका छन् । आजकल पनि प्रगतिशिल साहित्यकार अनि समालोचकहरूले उनका नाटकहरू त्यत्ति रुचांउदैनन् । अनि नारीबादी समालोचकहरूका पनि आआफ्ना तर्कहरू होलान् समका नाटकहरूमाथि । साहित्यमा ब्याख्या गर्न स्थापित हुने बैचारिक आधारहरू परिवर्तनशिल भईरहन्छन् । समालोचकहरूको आलोचनाबाट कोहि पनि सर्जक बच्न सक्दैन ।
अर्को कुरा समलाई सम्झिने नाममा हामीले उनको जन्म जयन्तिमात्र मनाएर अथवा उनका नाटकहरूमाथि ठेलीका ठेली पुस्तक लेखेर हामीले आफ्नो इतिहास मान्यौं भन्न पनि मिल्दैन । समका नाटकहरू हुबहु रटेर अथवा झारो टार्ने तरिकाले तिनका प्रदर्शन गर्नु समप्रति एक प्रकारको अन्धोभक्ति हुन आंउछ । त्यस्तै गरि हाम्रो समयमा उनका नाटक अलि बाचाल छैनन् । त्यसैले आम दर्शकहरूलाई समका नाटकहरू मन पर्दैन होला भन्नु पनि जिम्मेवारीबाट अलि पन्छिन खोज्ने प्रवृति हुन आउूछ । समले आधुनिक नेपाली नाटक लेखन र रंगमन्चको क्षेत्रमा नयाू इतिहास रचेका हुन । यस्ता तर्कहरू बारम्बार दोहो¥याई रहूदा पनि हामी केहि नयाू भन्न सकिरहेको हुूदैनौं ।
बि.स. १९९६मा मन्चन गरिएको मुकुन्द इन्दिरा हेर्ने दर्शकहरू मध्ये एक दुईजना अझै पनि भेटिन्छन् । समले लेखेको अनि निर्देशन गरेको यो प्रस्तुतिले आधुनिक नेपाली कलामा नयां सिर्जनाका धार अनि चुनौति पनि लिएर आयो । नाटककार सत्यमोहन जोशी दरबार हाईस्कूलको मजलिशा हलमा भएको त्यो पहिलो प्रदर्शन सुनाईरहन्छन् हामीलाई । समको १११औं जन्मजयन्ति मनाउन मन्डला नाटकघरमा आयोजना गरिएको कार्यक्रममा उनले सुनाएः हामी दर्शक दिर्घामा थियौं । मन्चमा कालो रंगका पर्दा टांगिएका देख्दा हामी अचम्ममा पर्यौं । हेर्दाहेर्दैा सम्बाद काब्यिकमय नेपालीमा बोलिएको सुन्न थाल्यौं । पारशी शैलीमा हुने गरेका नाटक हेर्न जांदा मन्च बिभिन्न रंगमा कोरिएका चित्रले रंगीन पर्दाहरूले ढाकिएका हुन्थे । बोझिल लाग्न थाल्थे ति पर्दाहरू । पात्रहरूको परिधान हेर्दा कुनै दन्ते कथाको देशबाट आए जस्ता बुझिन्थे । हामी भन्दा अलग हुन्थ्यो त्यो संसार । तिनले बोल्ने भाषा उर्दु हुन्थ्यो । कलाकारहरू धारा प्रवाह उर्दुमा बोल्दै जान्थे, नेपाली अनि नेवारी लवज सुनिन्थ्यो तिनका उर्दुमा । तर हामीले त्यो दिन हेर्दै गरेको त्यो मुकुन्द इन्दिराको प्रस्तुतिमा शालिनता थियो । नयां जोश अनि गति थियो । आत्मबिश्वास थियो । सिर्जना थियो । समले नाटक सँंच्चिकै राणाहरूका दरबारका भित्ता फोडेर आम नेपालीमाझ ल्याएका थिए त्यस दिनदेखि  ।
मेरो बिचारमा समले मुकुन्द इन्दिराको त्यो प्रदर्शनको माध्यमबाट आउने हामीजस्ता असंख्य रंगकर्मीहरूलाई निकै महत्वपूर्ण सल्लाहहरू दिएको हुनुपर्छः हेर भाइ बहिनी हो । नाटक गर्ने निंहुमा जस्तो पायो त्यस्तो नाटक नलेख अनि नगर । जस्तो पायो त्यस्तो शैलिमा पनि नगर । शब्दहरू यस्ता रच जसले दर्शकहरूको सम्मान गरोस् । तिनलाई सुनेर दर्शकहरू आफ्नै जीवनमा फर्किउन । आफूलाई माया गर्न थालुन् । अर्काको देशबाट आयात गरिएको कथा अनि पात्र लिएर पनि नाटकहरू नगर । यसो गर्दा तिमीहरू कंहि पनि पुग्न सक्दैनौ । दर्शकहरू बांचेको समयमा बँंच । पात्रहरू पनि त्यस्तै स्वभावका रच । एउटै स्वभावका दर्शकहरूकोलागि मात्रै पनि नाटक धेरै नगर । अनि यस्तो रंगकर्मको इतिहास र संस्कृति रच जसले गर्दा पछि आउने कलाकारहरूकोलागि यो कर्म बोझिल भएर नबसोस् । मुकुन्द इन्दिरा नाटकमात्र थिएन । यो संघर्षको लडांई थियो र रहि रहनेछ ।
समले हुर्काएका प्रचण्ड मल्ल अहिले पनि समका बारेमा निकै लेखिरहनु हुन्छ । सन् १९५० देखि १९८०को दशकसम्ममा समका कामहरूबारे वहांलाई कण्ठस्थ थाहा छ । हालसालै प्रकासित र बिमोचित भएको उनको नेपाली रंगमन्च र बालकृष्ण सम पुस्तकले यो कुरा प्रस्ट पार्छ । समका नाटक निर्देशन खेलेर आत्मबिश्वास कमाएका हरिहर शर्मा, बसन्त क्षेष्ठ, सँकुतन्ला शर्मा गुरुंग आदि कलाकारहरू अहिलेपनि प्रत्यक्ष अनि अप्रत्यक्ष ढंगमा सक्रिय छन् । तिनका चेलाहरूनै हुन अहिले समकालिन नेपाली रंगमन्चको रथ हँंक्नेहरू । प्रचण्ड मल्लदेखि शर्मासम्म सुन्दा हामी त्यहि टुंगोमा पुग्छौं जुन जोशीले मुकुन्द इन्दिराको पहिलो प्रदर्शनमा अनुभव गरेका थिए । अनि जुन अहिलेपनि हामीलाई सुनाई रहन्छन् ।
त्यसो त गएको बीस बर्षमा नेपालका स्थापित नाट्य समूह अथवा कलाकारहरूले बालकृष्ण समका नाटकहरू प्रदर्शन गरेको हामीलाई थाहा छैन । यसो भन्नुको अर्थ हो आम नेपाली दर्शकहरूले समका नाटकहरू मन्चन भएको हेर्न पाएका छैनन्। समकालिन नेपाली रँगमन्च झट्ट हेर्दा समबाट टाढिएको जस्तो देखिन्छ । तर भित्रबाट हेर्ने हो भने समका नाटकहरूका मन्चन नगरिकन पनि समकालिन कलाकारहरू समसंग गांसिएका सम्बन्धहरू उजागर गरिरहेका छन् । यो बिर्सनु हुूदैन ।
मुख्य कुरा समले भोगेका समस्या अनि उनले गरेका संघर्षमा र अहिले हामीले झेल्दै गरेका समस्याहरू कहँं आएर साटिन्छन् अथवा फरक भएर उभिन्छन् ? यो सबभन्दा पहिला थाहा पाउनु पर्ने हुन्छ । सम र हामीले भोग्दै गरेका संघर्षका कथाहरू एक आपसमा साँटिन्छन् । यस्ता मिलन बिन्दुबाट हेर्दा हामी समले बोकेका चिन्ता अनि चिन्तन बुझ्न सक्छौं । हामीलाई लछारपछार पारेर हिंड्ने समस्याहरू यहां पहिलेदेखिनै बिद्यमान थिए यो देशमा । त्यसैले समले अनुभव गरेका संघर्षहरू, तिनलाई हराएर गएका समय हाम्रा अघि पनि उत्तिकै कठोर भएर उभिई रहेका छन् । यो कुरालाई उजागर गर्न यहां केहि प्रश्नहरू तेर्साउनु आवश्यक म ठान्दछु । आधुनिक रंगमन्च कलामा साधाना गर्ने हामी कलाकार अथवा लेखकहरूलाई यो पेशा किन अझै पनि आर्थिक तहमा गाह्रो भएर बसेको छ ? किन अझैपनि कलाकारहरू निरिह बंँचिरहेका छन् यो देशमा ? रंगमन्च उत्पादन गर्न चाहिने श्रोत र साधनमाथि किन तिनिहरूको सहज पहुंच अहिले पनि छैन ? को दोषी छ यसका लागि ? आधुनिक रंगमन्चको बिकास र बिस्तार गर्न बनेका संस्था अनि नीति र कार्यक्रमहरूमा किन सिथिलता आएको छ? आधुनकि रंगमन्चलाई पेशा मानेर काम गर्ने कलाकारहरूले भोग्नु परेका यस्ता मुलभुत समस्याहरू लामो समयदेखि बिद्यमान छ यो देशमा । त्यसो त हामीले हासिल गरेका उपलब्धिहरू पनि छन् । तिनको पनि ब्याख्या गर्दा हामी समसंग झनै नजिक भएको अनुभव गर्छौं । सम र समकालिन नेपाली आधुनिक रंगमन्चबीचको सम्बन्ध उजागर गर्न हाम्रा अनुभव सहयोगि हुन सक्छन् । हाम्रा अध्ययन अनि अनुभव बोल्छन् । सम देखि समकालिन समयसम्म पनि आधुनिक रंगकर्मीहरूले भोग्ने समस्याहरूमध्ये केहि ज्यूंकात्युं उभिएका छन् । त्यसअर्थमा सम र हामीबीच जतिनै बर्षहरू चिप्लेपनि हामी बेलाबेलमा एउटै धर्तिमा उभिएको पाउछौं । हामी अलग अलग समयमा छौं । अनि संगसंगै पनि छौं । समयको भेल गएको छ । तर परिस्थितिले हामीलाई फेरि फेरि पनि एउटै कोणमा ल्याएर उभ्याईदिन्छ ।
नेपालमा आधुनिक रंगमन्च पेशागत सवालमा स्वतन्त्र हुने अभ्यासमा छ । बिभिन्न नाट्य समूहहरू यसकोलागि संघर्षरत छन् । आफ्ना इच्छा शक्तिको आधारमा नयां नयां लगानी पनि गरेका छन् । सर्वनाम नाटकघर सर्वनाम नाट्य समूहले तीस बर्षदेखि निरन्तर गरेको संघर्षको उपलब्धि भएर आएको छ । आफ्नै बलबाहुमा जोडेको जमिन अनि भवनमा बनिएको यो नाटकघरले हामीलाई केहि आशाबादी बनाउंछ । त्यस्तैगरि मार्च ०१ गते उदघाटन हुंदै छ शिल्पि नाट्य समूहको गोठाले नाटक घर बत्तिसपुतली क्षेत्रमा । यो नाटक घरले आधुनिक रंगमन्चको बिकास र बिस्तारमा नयँं आयाम ल्याउनेमा कला समिक्षकहरू आशाबादी छन् । केहि महिनादेखि थिएटर भिलेजको सत्यमोहन जोशी नाटकघर ब्यस्त छ लाजिम्पाट उत्तर ढोका परिसरमा । कला सिर्जनामा ब्यस्त यो ठाँऊ भविष्यमा थुप्रै प्रदर्शनहरू लिएर अँंउदै छ । सर्वनाम र मण्डला नाटक घरहरूले आफ्ना प्रदर्शनहरूमा झनै चुस्तता अनि बिविधता दिंदै छन् । कलाकारहरूको आफ्नै आर्थिक जोखिमा बनिएको मन्डला थिएटरले सामूहिक कार्यमा रहेको शक्ति उजागर गर्छ । समय अप्ठ्यारो छ । तर स्वतन्त्र हुनु सबभन्दा महत्वपूर्ण कुरा हो । आरोहण नाट्य समूहले गएको दुईसाल देखि नाटकघर हामी आँफै बनाउछौं, हे सरकार हामीलाई कतै शहरको कुनामा एक टुक्रो सार्वजनिक जग्गा भाडामा देऊ न भन्दै बिताएको छ । समकालिन आधुनिक रंगमन्च संघर्षशिल अवस्थाबाट जांदै छ । आधुनिक रंगमन्च स्वतन्त्र हुन चाहि रहेको छ । समले पनि खासमा त्यहि गरेका थिए । मुकुन्द इन्दिराको मन्चन आम दर्शकहरूकोलागि गरेर उनले नेपालमा आधुनिक रंगमन्चलाई स्वतन्त्र बनाउन चाहेका थिए । कुनै निश्चित परिवार बिशेषलाईमात्र मनोरन्जन दिने यो कलालाई स्वतन्त्रता दिन चाहन्थे सम । उनि चाहन्थे आधुनिक रंगमन्च यिनका दर्शकहरूका भरमा बांचोस् । यो फैलियोस् । दुईचार परिवारकोलागि भन्दा पनि सबैकालागि होस् । भावभंगिमा होस् । भाषामा होस् । आदी ।


समकालिन आधुनिक रंगमन्च अहिलेपनि राज्यको उदाशिन कला तथा संस्कृति नीतिको सिकार भएको छ । आरोहण लगायत अरु नाट्य समूहहरूले भोगेका समस्याबाट पनि यो अनुभव गर्न सकिन्छ । अझ नेपाल एकाडेमी, राष्ट्रिय नाचघर र नेपाल संगित तथा नाट्य एकाडेमीसंग सम्बन्धित मानविय अनि ग्र्रैह मानविय शक्तिको बिकास र ब्यवस्थापन गर्न सरकारले बर्षैनि करडौं खर्च गर्छ । तर यी संस्थाहरू अनि यीसंग सम्बन्धित कलाकारहरू उत्पादनशिल हुन सकेका छैनन् । रंगमन्च बिकास र बिस्तार गर्न सक्ने नयां कामहरू हुन सकेका छैनन्। समस्या सरकारले लिएका कला तथा संस्कृति सम्बन्धि नीति र कार्यक्रमहरूका हुन् । समले अनुभव गरेका कठिनाईपनि यस्तै स्वभावका थिए । राणा शासक अनि तिनका मतियारहरूसंग मिलेर काम गर्न उनलाई पनि त्यत्ति सहज थिएन । शासकहरूका हजुरमा बिन्तिपत्र लेख्थे । आधुनिक रंगमन्चको क्षेत्रमा नयां नीति अनि कार्यक्रम ल्याई बक्सियोस् । यस्तै स्वभावका अनुरोध भन्थे । स्वतन्त्र लेखक हुन सजिलो थिएन, उनलाई थाहा थियो । उनका बिन्तिपत्रले केहि काम गरे । केहि सहज वातावरणको बिकास हुन थाले । अब्बल दर्जाका कलाकारहरूलाई एकै ठांउमा ल्याउने प्रयास गरे । आंफै साधनामा जुटे ।
अधिकांश समकालिन नेपाली नाट्य समूहहरू आफ्ना मुख्य दर्शकहरू कलेज अथवा बिश्वबिद्यालय पढ्दै गरेका बिद्यार्थीहरू नै हुन भनि मान्छन् । यहि चेतनाले ति बिभिन्न प्राज्ञिक स्तरमा पढाईहुने नाटकहरू मन्चन गर्छन् । कति जना त स्कुल अनि कलेजमा रंगमन्चसंग सम्बन्धित बिषय पढाउछन् पनि । समले पनि मुकुन्द इन्दिरा दरबार हाईस्कूलमा गरेर त्यहि स्वभावका दर्शकहरूमाझ जान चाहन्थे । उनले पनि बुझेका थिए नेपालमा एउटा यस्तो बौद्धिक बर्गको बिकास हुंदै छ जसले आधुनिक रँगमन्चलाई मन पराउने छ ।
पुरानो नेपाल बिस्तारै जांदै थियो अनि नेपाल आधुनिक राष्ट्र बन्ने तर्खरमा थियो समले काम गर्ने बेलामा । राजनीति त्यो बेला पनि गतिशिल थियो । अनि अप्ठ्योरो पनि थियो । राज्यसंग सम्झौता गर्नु पर्ने बाध्यताहरू थिए । समकालिन नेपाली रंगकर्मीहरू पनि उत्तिकै अपठ्यारो समयमा काम गर्दै छन् । दलहरूले ठाडो राजनीतिक हस्तक्षेप गरेका छन् आधुनिक कला अनि सँस्कृति बिकास र बिस्तार गर्न स्थापना भएका संस्थाहरूमा । दलगत भागबण्डाले गर्दा स्वतन्त्र ढंगमा काम गर्न रुचाउने कलाकारहरू आफ्ना साख बिचलनमा पर्दै गएको अनुभव गर्न थालेका छन् । हामी मध्ये अधिकांशलाई दाता संस्थाहरूसंग मिलेर काम गर्नु पर्छ । निकै सम्झौताहरू गर्नु पर्ने हुन्छ, यो कर्ममा । राज्यलाई अलिकता सहयोग गर । हामीलाई यो शहरको कतै कुनामा अलिकति जग्गा सस्तो भाडामा देउ । यो सबै गर्न घुस माग्ने मन्त्रिहरूसंग पनि हामीले काम गरेका छौं । हामीले बांचेका समय पनि उदेकलाग्दो छ । समले भोगेका कठिनाई र हामीले अहिले भोग्दै गरेका कठिनाईमा समानता छ । हामी बिस्तारै आँफैलाईमात्रै होईन समका अप्ठ्याराहरू पनि बोध गर्न थाल्छौं । समले पनि शायद बुझेका थिए होला यो देशमा स्वतन्त्र कलाकारहरूले काम गर्न निकै संघर्ष गर्नु पर्ने हुन्छ । उनि एक द्रस्टा थिए ।
अन्त्यमा बालकृष्ण सम र समकालिन नेपाली रँगकर्मीहरूबीच बिद्यमान सम्बन्ध उनका नाटकहरू प्रदर्शन भएर भन्दा पनि रँगमन्च बिकासमा भएका गतिबिधिका आधारमा भएका छन् । ईस २००३सालमा आरोहण गुरुकुलले आफ्नो नाटकहलको नाम सम नाटक घर भनेर राख्योे । यो नाटकघरमा समकालिन नेपाली रंगमन्चलार्ई बलियो गति दिन सक्ने शक्ति बोकेका नाटकहरू मन्चन भए । बिभिन्न राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तरका नाटक उत्सवहरू भए । निकै कलाकारहरूले नयां शैलिमा अभ्यास गर्ने कला सिके यहि परिसरमा । तर त्यसको नौ दशबर्ष पछि एउटा यस्तो समय आयो जसले हामीलाई मर्माहत पार्यो । सम नाटकघर भत्काउनु पर्ने भयो । आर्थिक अभावको कुरा थियो । भत्काउने कामको शुरुवात त्यो नाटकघर प्रवेशव्दार माथि बडो प्रेम र श्रध्दाले स्थापना गरिएको उनै समको एक श्यामश्वेत फोटो राखिएको फ्रेम हटाएर गरियो । समले पनि आफ्नो समयमा त्यस्ता निकै नाटक गर्ने ठांऊहरू बिस्तारै सिनेमा हल अनि बिशाल बजार हुंदै गएको देखेका थिए । सरकारी मातहतमा चल्न शुरु गरे उनका नाटक प्रदर्शन हुने नाटक घरहरू । त्यस्तै संस्था अनि तिनमा काम गर्ने कलाकारहरूकोलागि नाटक लेख्दै गए । देशले मनाउने उत्सवको अनि समारोहकोलागि लेखे । राजारानीहरूकोलागि लेखे अनि निर्देशन पनि गरे । बजेट त्यस्तै स्वभावका प्रदर्शनहरूकालागि मात्रै हुन्थे । नेपालमा रँगमन्च सरकारी हुंदै थियो । यो अझै स्वतन्त्र हुन सकिरहेको थिएन । स्वतन्त्र ढंगमा काम गर्ने कलाकारहरू मनभरि अँंधि बोकेर आउंदै जांदै गरेको पनि उनले देखे । नाट्य समूहहरू आधुनिक रंगमन्चलाई संस्थागत गर्न चाहिने सामूहिक संघर्षमा भन्दा पनि कुनै एक समूह स्थापना गर्न संघर्षरत भएको पनि देख्दै गए । उनी एक द्रस्टा थिए । पक्कै पनि एक दिन सरकारी मातहतमा चल्ने यी संस्थाहरू कला सिर्जनामा टाट पल्टिन थाल्ने छन् भन्ने पक्कै बुझेका थिए । नाट्य समूहहरू एउटै समस्या लिएर अलग अलग हिंड्ने छन् । यो पनि उनले पक्कै बुझेका थिए । हामी बिश्वासले भन्छौं । समले पनि अनुभव गरेका थिए रंगकर्मीहरूलाई लछारपछार पारेर हिंड्ने कठोर शक्तिहरू यो देशमा निकै लामो समयसम्म रहि रहनेछ ।
यसरी सम र समकालिन रंगमन्च कहिलेकाँहि नछुट्टिनैगरि एउटै आंगन भएर बसेको अनुभव हुन्छ हामीलाई । सम बुझ्न निस्केका हामी । हामीलाई बुझ्ने सरकार नपाउंदा । हामीलाई अनि आधुनिक रंगमन्चमा साधना गर्न सहज बनाउने नीति बनाउन सक्षम नेता अनि नीति निर्माताहरू नपाउंदा । हामीलाई सहजै अनि सम्मान जनक सहयोग गर्ने दाता संस्थाहरू नपाउंदा । सधैं जसो त्यहि दुईचार सय दर्शकहरूको लागि नाटक गरिरहनु पर्दा । हामीलाई बिस्तारै खुल्दै जान्छ । बेलाबेलामा हामी आफंै पनि सम हुने गर्दा रहेछौं । हामी सम र समकालिन रँगमन्च दुबैलाई प्रेम अनि बिश्वासले लिन्छौं ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com