नेपाली कला फ्लानरको आँखामा

डा. अभि सुवेदी

नेपाली चित्रकलाको विषयमा लेख्नु समालोचकीय र केही शास्त्रीय काम हो । कारण सजिला छन् । पहिलो, नेपाली कलाको वृत्त एकदमै व्यापक छ । यसका विधा फरक छन् अनि यसका शैलीहरmका मान्यता शास्त्रीय, स्थानीय र लोकवार्ता वा ‘फोकलोर’सूग जोडिएका छन् । पत्रिकाको निम्ति मलाई एउटा निबन्ध लेखिपठाउनु भनेका सम्पादक भाइले ‘नेपाली कलाका विषयको लेख लेखेर पठाइदिनुभए बेस हुन्थ्यो’ भनेपछिको मनको अवस्था अन्तरिम भयो । मलाई लाग्यो, त्यही अन्तरिमभित्रबाटै लेख्नुप¥यो । निबन्धको मुड पनि छोड्न मन भएन, अनि नेपाली कलाको विषयमा लेख्न पनि मन लागेर आयो । विचार गरें, यसको समाधान शास्त्रीय, प्राध्यापकीय लेख लेखेर हुूदैन, बरु एउटा नेपाली कला बुभ्mने क्रममा आपृ्mले केही शास्त्रीय, केही निजी र केही ‘फ्रिक’ भएर गरेको यात्राको अनुभव लेखेर मात्र ठीक हुन्छ । जब प्राज्ञिक अध्ययन आफ्नो कर्म हूदाहुूदै पनि त्यसका संरचना भत्काउन मन लाग्छ, त्यो बेला एउटा अनौठो स्वतन्त्र मानिस भइन्छ । तर, त्यस बेलाको स्वतन्त्र मानिस एउटा ‘फ्रिक’ नै हुन्छ । यस्तो व्यक्तिलाई जर्मन यहुदी विद्वान वाल्टर बेन्जामिनले प्mलानर भने । यो विचार धेरै चल्यो कला र साहित्यका छलफलमा । अहिले पनि चलेकै छ । यस्तो मान्छे यसै आफ्ना पाराले हिूडिबस्छ, त्यो पनि शहरमा । मैले नेपाली कलाको विषयमा सबभन्दा धेरै वोध गरेको यस्तै प्mलानर भएर नै हो । यसका कारण छन्, अलिक पछि भन्छु । यसै हिूड्ने भन्ने विषयमाथि एकाध कुरा उठाइहाल्छु । नेपाली निबन्धमा अहिले फ्रान्सेली कला, साहित्य र दर्शनले फैलाएका केही शब्द चलाउन थालेका छन् युवा लेखकले । त्यसमध्ये हामीसूग निबन्धमा सम्बन्धित शब्द ‘मोन्टाज’ एउटा हो । म पनि फ्रेन्च प्mलानरको प्रयोग गर्दैछु यहाू । अर्थ देखिए यो चाखमा । हेर्दै जानुछ ।
यो प्mलानर भन्ने मान्छेको नकारात्मक नेपाली अनुवाद डुकुलन्ठन पनि हुनसक्छ । तर यसको अर्थ उद्धेश्यमा नभई हिूड्ने मानिसको रmपमा हेरिन्छ । बेगारी भन्ने अर्को शब्द छ । तर समृ्हमा यसरी हिूड्नेहरm भने धार्मिक वा कुनै राजनैतिक रmपले केही न केही भएर चिनिन्छन् । प्mलानरको अस्तित्व नेपालमा सायद थिएन र छैन । शहरमा हिूडिबस्ने अनि त्यसको अलिअलि तत्व झस्सझस्स वोध गरिहिूड्ने मानिस हो त्यो । यसरी जन्म भएको थियो त्यस पात्रको । माक्र्सेलीदेखि अरm खाले मानिसले पनि यो प्mलानरको खुबै चर्चा गरेका छन् । मलाई त्यो शास्त्रमा जानुछैन । नेपाली कलाको विषयमा एउटा प्mलानर भएर यो कान्तिपुरी नगरीमा हिूड्दा मैले पाएको ज्ञान यो निबन्धमा संक्षिप्त रmपमा राख्ने उद्धेश्य हो मेरो । अहिले त्यो प्mलानर, त्यो सिर्जनशील डुकुलन्ठनको विषयमा फ्रान्सेली दार्शनिकहरm, खासगरी फ्रेन्च कम्युनिष्ट पार्टीका एक समयका प्रोपगण्डा जिम्मा पाएका, पछि विश्वप्रसिद्ध ‘स्पेस’ दार्शनिक एन्री लफाब्भ्र, अनि मिसेल सत्र्युले अर्को आयाम थपे । अहिले हिूड्ने रmपकलाई तिनीहरmले प्रयोग गरेर ठृ्लै छलफलको विषय बनाएका छन् । कवि केदारमान व्यथितका कविताका यी हरप सम्झिन्छु— ‘हिूड्नुकै हो नाम जीवन÷ रोक्नुकै हो नाम मृत्यु’ । फ्रान्सेली चिन्तक बल्जाकले भने यस्तो लेखे—‘हिूड्नुकै हो नाम मृत्यु÷ टहल्नुकै हो नाम जीवन’ । हिड्नु र टहल्नुका भेदको अन्तर्यतिर नलागौं । यो विषय व्यापक र चाखलाग्दो छ । यसका सृ्क्ष्म पक्ष छन् । दक्षिण एसियामा घुमिहिड्ने मानिसहरmले विद्रोह काव्य रचना गरेका छन् । सुफी कविहरm, खासगरी निर्गुण परम्परामा लेख्नेहरmले यस्तो घुमन्ते शैली लिएर काम गरेका थिए । वाल्टर बेन्जामिन र अरm देब्रे ढल्कुवाहरmलाई प्mलानर हुने चाख, अनि आपृ्mलाई यसै निलिदिने पश्चिमका शहरहरmभित्र हिूडेर अर्थ र विद्रोहको चरित्र बुभ्mन खोज्नेहरmले, मैले पढ्दै बुभ्mदै जाूदा, समान अनुभृ्ति खोजेको कुरा सन्जोगमात्र होइन, अत्यन्त बलियो यथार्थ पनि हो । मलाई जीवनमा सधैं प्रभाव पारिरहने यस किसिमको शहरको यात्रा, खोजी गरिबस्ने चिन्ताले अहिलेसम्म पनि नछोडेको कुरा विस्तृत लेखिबसेको छु अर्कैतिर । त्यसैले यहाू यत्ति भन्नुछ । प्mलानर भएर नै म, खासगरी नेपाली कलाको चरित्रभित्र पस्न सकेको थिएू । त्यसैले यो निबन्धमा म बिना कुनै प्रसङ्ग पद्धति, मैले त्यस्तो प्mलानर अवस्थाबाट कसरी नेपाली कला बुभेंm र के देखें त्यही लेख्न चाहन्छु ।
मेरो यो सबै भनाइको सार यस्तो छ । मैले नेपाली निर्मित कलाको प्रत्यक्ष वोध कान्तिपुरी नगरी, भक्तपुर र पाटनादि नगरहरmमा टहलेर अनि चित्रकारहरm भेटेर गरेको थिएू । त्यतातिरबाट म पसेको कथा हो यो लेख । नेपाली कलामाथि धेरै लेखियो । नेपाली चित्रकारहरmका चित्रहरmमाथि पनि निकै लेखिसकें । प्रदर्शनी गर्न राखिएका चित्रहरmमाथि दर्जनौ क्याटलग लेखहरm लेखें । पत्रिकाहरmमा लेखें । धेरै भइसकेछन् । तर जब एउटा साहित्यिक पत्रिकाले नेपाली कलाको परिचय लेखिमाग्छ, अनि त्यो पनि निबन्धात्मक शैलीमा लेखिन्छ, कस्तो चित्र निस्किन्छ ? म खोज्दैछु ।

नेपाली कलाको एउटा चरित्र बुझेको थिएू धेरैअघि । त्यो हो, नेपाली कलाको एकल चरित्र र आकार छैन । त्यो कला यो देशमा दुईथरिको छ—विधिसम्मत निर्माण गरिएको र लोकसम्मत निर्माण गरिएको । विधिसम्मत बनाइएको नेपाली कलाले दक्षिण एसियाली शास्त्रीय र पुरानो नेपाल मण्डलभित्र उद्भवकालको शिल्प र चरित्र लिएको हुन्छ । लोक कलाले स्थानीय आवश्यकता, समाज र ‘कम्युनिटास्’को भित्री आत्मा र चाहना अनि आवश्यकता अनुसारको कला सिर्जना गर्छ । स्थापित कलालामो बस्छ । त्यसलाई ठाउू लिएर राखिन्छ । त्यसका निर्माणका शैलीका विविधताहरm मन्दिर, देवल, चोक, बहाल, प्रस्तर र धातुका मृ्र्तिमा कुूदिएका आकार र रmपहरmमा भेटिन्छन् । चाङ्गुनारायण मन्दिरको आूगनमा प्mलानर कलेजको विद्यार्थी हुूदा बीस सालतिर पुगेर चकित परेको थियो । प्रस्तरमा कुूदिएका नारायणका आकार अथवा ‘आइकन’ अनि गडुरको प्रस्तर मृ्र्तिका छातीमा अहिले पनि छुूदा सम्वेदना हुने सृ्क्ष्म र नरम रचना भेटेर उसले एउटा मसिनो स्वरले घामतिर हेरेर उठ्ने जनावरले जस्तो स्वर निकालेको थियो । उसले त्यसको निकै बर्षपछि नेपाली कला विषयमा लेखिएका किताब र लेखहरm भेट्यो । त्यसो त धेरै किताबहरm पनि भेट्यो । नेपालीले लेखेका पनि पढ्यो, विदेशीले लेखेका पनि पढ्यो । अहिलेसम्म उसले  धेरै प्रयोग गरिबसेका किताहरmमध्येबाट उसले फेरिफेरि हेर्ने किताब छन् । तिनको सानो सृ्ची तल दिएको छु । ज्ञ यी तल दिएका किताबहरmबाहेक अरm अनेकौं किताब र लेखहरm पनि उसले पढ्ने अरm स्रोत हुन् । ऊ नेपाली कलाका किताब पढिबस्छ। प्mलानरको चाखको विषय हो त्यो ।
नेपाली कला विषयको शास्त्र लेख्ने यो लेखको उद्देश्य होइन । तर सजिलोको निम्ति पालको बर्गिकरण राख्छु, यहाू । पाल नेपाली कलालाई ऐतिहासिक कालहरmमा यसरी राख्छन् । सजिलोको निम्ति हो । इशाको तेस्रो सताब्ददेखि यता पाल नेपाली कलाको इतिहासलाई लिच्छबी (सन् ३३०—८७९), परिवर्तन काल (सन् ८७९÷८०—१२००), आरम्भिक मल्लकाल (१२००—१४८२), पछिल्लो मल्लकाल (१४८२—१७६९) र सन् १७६९ देखि यताको शाहकालमा विभाजित गर्छन् ।द्द सन् २००८ मा नेपालमा राजतन्त्र सकिएयताको काल जोड्न चाहन्छु । यो काल अर्थपृ्र्ण भएको छ । कलकत्तामा चन्द्रमान मास्के सन् १९१८ मा पश्चिमी र ‘ओरियन्टल’ कलाशिक्षा हासिल गर्न गए । उनका समकालिन तेजबहादुर चित्रकारले पनि कलकत्ताबाटै आधुनिक चित्रकलाको शिक्षा लिए । यी कलाकारहरmले नेपाली कलामा ल्याएको परिवर्तन ठृ्लो थियो । तेजबहादुर चित्रकारका छोरा कलाकार मदन चित्रकारका किताब र लेखबाट पनि निकै अन्तर्कथा थाहा पाएको छु । नेपालमा चित्रकारहरm नै जातिय रmपमा चित्र बनाउने काम राज्यको तर्फबाट दिइएका मानिस  भएकाले तिनीहरmको कथा नेपाली कलाको इतिहास हो भन्ने पनि छन् । मैले व्यक्तिगत रmपमा एउटा प्mलानर भएर भेटेका यी कलाकारहरmमध्ये पहिलो समयका चन्द्रमान सिंह मास्के, बालकृष्ण सम, अमर चित्रकार अनि त्यसपछिको समयका उत्तम नेपाली, पछि गएर सन् सत्तरीको शुरुमा जेजे स्कृ्ल अभ् आर्टबाट कलाको उच्च अध्ययन गरेर आएका शशि शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र बत्सगोपाल वैद्य (स्किव्), अनि पछि किरण मानन्धर, शशीकला तिवारी, रागिनी उपाध्याय, सुजन चित्रकार अनि अहिलेको युवा पुस्ताका सबैजसो प्रतिभाशाली कलाकारहरm हुन् । बम्बइमा बस्ने कलाकार लक्ष्मण श्रेष्ठसूग मेरो नजिकको पहिचान छ ।  तिनका कामको सामथ्र्य र चरित्रको सकेसम्म परिचय लेखेर प्रकाशित गरिआएकोछु । तर यत्ति नामले मेरो नेपाली कलाको परिचय नापिदैन । मेरो अहिलेसम्म कलामा सक्रिय युवा पुस्तासम्म मित्रहरm छन् म तिनका कलाको उपासक हुू । मेरो प्mलानर यात्रा नित्य छ । म यो छोटो निबन्धमा आफना अनुभव र मुख्य कलापहिचानको कुरामात्र लेख्न सक्छु भनेर भन्नुअघि नेपालमा निजी ढङ्गले कला ग्यालरी चलाउूने र क्रियाकलापमा संलग्न मानिसहरm र तिनका सूस्थाहरmको प्रसङ्ग ल्याउन आवश्यक छ । निकैवटा आर्ट सूस्थाहरm छन् । तर सङ्गीता थापा र साथीको सिध्दार्थ आर्ट ग्यालरीले काठमाडौमा सन् दश र बाह्रमा आयोजना गरेका एक—एक महिने अन्तर्राष्ट्रिय कला महोत्सबले इन्स्टलेसन् र डिजिटल माध्यमका कला, छोइने, सुनिने, देखिने र गरिने कलाको संगम गरायो । कला चेतनाको आयाम बढ्यो । आजको विश्वको कलामा प्रतिनिधित्व गर्ने र समस्या राख्ने विषयमा बलिया धारहरm देखिएका छन् । कला र जीवनको अन्तर कति र कहाू छ भन्ने विषयमा छलफल चलेका छन् । पृथिवीमा सन्तुलित प्रकृति विनासतिर अभिमुख छिन् । पृथिवी आक्रोशित भएको कुराका समाचारहरm दिनदिनै आइरहन्छन् । जीवन र कलाको सम्वन्ध विषयमा त्यसैले आज अनेकौं छलफल चलेका छन् । जीवन जटिल भएकोले कला पनि जटिल भएको हो भन्ने एकथरि विचार छन् भने, जीवनको सरलता र हरदैनिकी नै जटिल छन्,त्यसैले कला पनि धेरै किसिमका दृष्टि विकास गर्र्दछ भन्छन्, अर्काथरि । मलाई दुवै विचार ठीक लाग्छन् । तर जुन कुराबाट मैले यो निबन्ध शुरु गरेको थिएू, एक पटक फेरि त्यतातिरै फर्किन चाहन्छु ।
नेपाली कलालाई मैले केही मानक, केही शास्त्रीय विधिले निर्मित भएको देखें । यस्तो निर्मित कला नेपालको राजधानीमा केन्द्रित थियो । यहाू शास्त्रीय विधिले बनाउने चित्रकारहरmको परम्परा अनि आधुनिक पश्चिमी कला शिक्षाबाट सिकिएको अनि स्वःअध्यनबाट सिकिएको परम्परा रहेछ । अनि अर्कोथरि फोकलोरतिरको कलाको निर्माण परम्पराबाट भएको, साधारण हरदैनिकीबाट बनिएको, समाजका मानिसहरm एकै ठाउूमा जीवन चलाउूने क्रममा बनिएको अनि यसको संग्रहितता जीवन र चलनसूगै भएकोले जीवनका लय परिवर्तन हुनेवित्तिकै परिवर्तन हुने वा हराउूने किसिमको हुनेरहेछ । त्यसैले निर्मित कला नै नेपाली कलाको मृ्ल ऐतिहासिक कलाधारा मानिएको छ । यसमा भित्तामा बनाइने, क्यानभासमा बनाइने चित्र, टुूडालमा कुूदिने आकार, प्रस्तरमा कुूदिने आकृति, छानाहरmका शैली, बहाल, चोक र परिवेशमा बनाइने रचना, धातुमा कूुदिने अनि इन्स्टलेसन्मा बनाइने कलाहरm पर्ने रहेछन् ।
म काठमाडौ आउूदा एउटा फोकलोरको जगतबाट एउटा निर्मित कलाको संसारमा पसें । एउटा नित्य प्रवाहको शक्ति भएको तर परिवर्तनशील आधुनिक प्रभावले क्षणभङ्गुर हुन लागेको कलाबाट एउटा प्रस्तुत गरिने कलाको शहरमा पसें । मैले स्मृतिहरm बलियो गरी बोकेर ल्याएको थिएू झोलामा । मैले झोला नबोकी हुूदैन किनभने यसमामैले यी सबै लिएर आएको थिएू ।बोकेको छु । मैले साधारण गाउूको प्रकृतिप्रदत्त रचनाका स्मृति हालेर ल्याएू । मैले कहीं ओडारमा यसै कोरिएका आकारहरm ल्याएको थिएू । मैले लिम्बु सूस्कृतिका सबैभन्दा बलिया कलेवर आकार नकुूदिए पनि अर्थ बोकाएका ढुङ्गाका स्मृतिहरm लिएर आएू । मैले रङ्गिन पहिरन, ठृ्ला र साना मृदङ्हरmका आकार तिनका लय र ध्वनि लिएर आएको थिएू । मैले निकै पानी हालेर वाटरकलरमा वास गरेर सलिल बनाएको क्यानभास होइन, आकाशको चित्र लिएर आएको थिएू । मैले अप्ठेरा किताब अनौठो आवाजले पढेको सुनेर उदेक भएका जनावरले चर्दाचर्दै मुखमा घाूस बोकेरै भोला विष्फारित आूखाले मतिर हेरेका चित्र बोकेर आएको थिएू । त्यसैले मलाई अहिले पनि झोला बोकिन भने पछाडि केही छोडेंकि जस्तो लाग्छ । तर नेपाल मण्डलमा आएपछि म एक्कासी निर्मित शास्त्रीय र विधिले बनाएका कला देखेर उत्तेजित, भ्रमित र पुलकित भएू । मैले देखेका कलाहरmको धेरै लामो इतिहास रहेछ । ती झण्डै कालजयी भएर बसेका रहेछन् । तर क्यानभासमा रङ्गहरmको प्रयोग गरेर चित्र बनाएको  देखेपछि मेरो कलाप्रतिको धारणामा भैंचालो आयो ।
गोपाल कलाप्रेमी मेरो बिराटनगरको साथी उनको सुन्दर खरको छानो भएको, अनि माटोले लिपेको र बनेको कोठामा काम गर्थे । म पनि उनैसूग अलिअलि गर्थें । तर मलाई त्यो परिवेशमा माटो नै रङ्गजस्तो लाग्थ्यो । तर जव बालकृष्ण समलाई भेट्न विराटनगरको साथी रघुकुमार चौधरीसूग आइएको विद्यार्थी हुूदा बीस सालको शीतकालमा काठमाडौ बानेश्वरमा समको निवासमा गएू, त्यहाूदेखि मेरो कलासम्वन्धी धारणामा परिवर्तन भयो । उनको घरमा पुग्नेवित्तिकै म एउटा फोकलोरभन्दा भिन्न, क्षणभङ्गुर माध्यमभन्दा भिन्न निर्मित कला विधा देख्न पुगें  । समको वैठकवाहिरदेखि नै निर्मित, कलेवर मिलेका अथवा ‘एस्थेटिक’ सन्तुलन मिलाएका कलाका माध्यमहरm भेटें । समले उनको जीवनयात्रा समेत निर्मित बोर्डमा नाटकीय श्लोकमा लेखेका थिए । मैले त्यो भेटमा मृ्र्ति, चित्रकला, वास्तुकला, प्रस्तरकला, काष्ठकला र शव्दकला एकै पटक एकै ठाउूमा भेटें । निर्मित कलाको मैले भेटेको त्यो नै पहिलो दोभान थियो । त्यो मेरो आरम्भ थियो । त्यहाूदेखि आजसम्म निर्मित कलाका विधाहरmका विश्वमा धेरै सङ्ग्रहालय देखें । कला प्रस्तुतिहरm देखें । अध्ययन गरें । त्यसदिनको समसूगको कुराकानीलाई ‘कवि नाटककारसूग एक विहान’ भनेर झापाका एक घिमिरे, स्व. भवानी घिमिरेका दाजुले काठमाडौबाट निकालेको ‘बिहान’ भन्ने पत्रिकामा छापें । तर समकोमा जाने मेरो क्रम त्यसपछि बढ्यो । बीचका केही बर्ष मेरो पढाइ र संघर्ष काठमाडौबाहिर भयो । अनि पछि पच्चीस सालतिर फर्केपछि समको घरमा धेरै गएू । कथा लामो छ । तर मैले समको देखेको र बुझेको कला विषय यस्तो रह्यो । क्यानभासमा चित्र कसरी बनिन्छ, देखें । कसरी तेलरङ्को प्रयोग हुन्छ अनि समको फाइनआर्टको प्रतिनिधिमृ्लक शैलीमा कसरी सृ्क्ष्म आकारहरm बनिन्छन् र रङ्ग र आकारहरmको कसरी क्यानभासभरि हार्मोनी हुन्छ, देखें । चित्रकारहरmको शैली विषयमा समले भने । पछि चन्द्रमान मास्केसूग पनि त्यत्तिकै नजिक भएू । अनेकौं सूस्मरणहरmमा लेखेको छु । अनि क्यानभासमा चित्र बनाउूदा कसरी कलाकारको निजत्वको प्रयोग हुन्छ, केही देखें । यी कलाकारहरm अभिव्यक्तिमृ्लक वा अभिव्यञ्जनावादी कला गर्दैनथे, तर तिनीहरmका कलामा एउटा नवीन प्रयोग थियो । माध्यम, क्यानभास, रङ्ग, रmप सबै प्रयोगमा त्यो देखियो । पछि लैनसिंह बाङ्गदेललाई भेटेपछि मेरो कलावोधको प्mलानर यात्रा अझ अर्कै भयो । तर म यहाू मेरा अरm कलाकारहरm भेट्दा, अनि प्रत्येकसूगका सम्वन्धबाट के कुरा सिकें भन्ने विषयमा लेख्न लागेको होइन । किताबै हुन्छ त्यसो गर्दा । तर अव निष्कर्षतिर आइपुग्दा नेपाली कलाको इतिहास, चरित्र र स्वरmपवारे केही कुरा सारतत्वको रmपमा राख्छु ।
नेपाली कलाको इतिहास लामो रहेछ । यसको प्रयोगात्मक इतिहास पनि रहेछ । घर, शहर अनि भेटघाटका थलो, पुजा र नाच गर्ने ठाउूहरmका रचना गर्दा अनि नयानाभिराम बिम्बका र आकारहरmका रचना गर्दा मानिसले गहिरा सौन्दर्य र जीवनमृ्लक दृष्टिले गरेछन्, यहाू । कलाको प्रयोग जीवनमा भएछ, व्यापारमा भएछ अनि राजनीतिमा भएछ । हामी तेह्रौं सताब्दीमा चीन गएका अरनीकोलाई लिन सक्छौं । कलाहरmका आदानप्रदानलाई लिन सक्छौं । घरहरmका निर्माणशैलीहरmलाई लिन सक्छौं । मृ्र्तिहरmलाई लिन सक्छौं । पृथिवी, जल, तेज, बायु र आकाश जस्ता तत्वले नेपाली कला सिर्जना भएको देख्छौं ।
दोस्रो कुरा नेपाली कलाको नैरन्तर्य हो । यसको नैरन्तर्य हुनुको मुख्य कारण जीवनको नैरन्तर्य हो । कला शिक्षाको परम्पराको नैरन्तर्य हो । प्रदर्शनकारी कलाको नैरन्तर्य हो । अनि अर्को नैरन्तर्य आधुनिक कालमा आएर आधुनिक पश्चिमी कलाको शिक्षा लिने कलाकारहरmबाट भयो । चन्द्रमान मास्के, तेजबहादुर चित्रकार, लैनसिंह वाङ्गदेल, मनोहरमान पुन, गेहेन्द्रबहादुर अमात्य, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, शशि, कृष्ण, इन्द्र र बत्स—स्किब, किरण मानन्धर, एस्.सी सुमन, रागिनी उपाध्याय, सुजन चित्रकार जस्ता नाम सबै चित्रकार वा ‘पेन्टर’हरmका हुन् । नामहरmले मात्र केही पृष्ठहरm भरिन्छन् । तर अरm विधाका कलाकारहरmका नामको सृ्चि लामो छ ।
तेस्रो कुरा नेपाली कला अस्पृश्य वा इन्ट्यान्जिबल् र स्पृश्य वा ट्यान्जिबल् छन् । युनेस्कोले २००३ मा जेनेभामा एउटा घोषणा जारी गरेको छ । त्यस अनुसार यी सबै किसिमका सम्पदा वा हेरिटेजको रक्षा गरिनु पर्छ । हरेक देशको दायित्व हो । शिल्प र कल्पना प्रयोग गरिने कलादेखि सङ्गीतसम्म, नृत्य र लोकवार्तासम्म अस्पृश्य कला हुन् । तर नेपाली कलाका स्पृश्य विषय पनि त्यत्तिकै महत्वपृ्र्ण छन् । यो नेपाल मण्डलमा खासगरी, अनि बाहिर पनि मन्दिर, बहा, कुूदिएका काष्ठकला, वास्तुकला अन्र्गत बनिएका घरहरm र सडक, पोखरी र पर्खाल अहिले सबै केही न केही शङ्कटमा परेका छन् । धेरै स्वदेशी र विदेशीहरmले खोजी गरेका छन् । किताब लेखेका छन् । भक्तपुर शहरको नयाू रmप पुरानो रmपकै उजागर हो । स्थानीय वास्तुकलाको प्रयोग कति गर्न सकिन्छ त्यसको विषयमा छलफल भएका छन् । नेपाली कला दुबैथरि कलामा धनी छ । तर समस्या छन् ।
यसरी काठमाडौमा आएको प्mलानर मैले अनेकौं किसिमले नेपाली कलाका स्पृश्य र अस्पृश्य दुवै रmपको खोजी गरें । यस्तै खोजीको क्रममा एउटा लामो अङ्ग्रेजी कविता काठमाडौ ओडिसी (१९९६) लेखें । अनि भक्तपुरको अस्पृश्य सूस्कृतिले ओतप्रोत भएर आरmका पृ्mलका सपना (२००१) र चिरिएका साूझ (२०११) लेखें । ती सबै नाट्यकलाको मञ्चमा लगे । कलाको खोजी एउटा शहरमा आएर गर्दा मेरोनिम्ति नित्य ंिहडिरहनु थियो । सम्बत् २००३ सालमा पहिलेका विद्यार्थी र साथी शेखर खरेलले मेरो काठमाडौ महायात्रामाथि ‘काठमाडौ ओडिसी’ नामको एउटा डक्युमेन्टरी फिल्म बनाए । त्यो सरल फिल्म, मेरो जीवनका सरल यात्रा बसेर हेर्दा मेरो कला यात्राले मलाई कस्तो प्mलानर बनाएछ, देख्छु । त्यो यति सरल छ कि, लाग्छ त्यहाूकेही छैन । तर शहर पसेको त्यो प्mलानरको ‘ओडिसी’भित्र एउटा लुप्त हुूदै बिम्बमा बस्तै गएको काल देखें । त्यो त्यहीप्mलानर हो जसको कथा बेन्जामिनले लेखे । तर त्योप्mलानरएकल थिएन, अरm पनि थिए । मलाई लाग्छ, मेरो कलायात्रा जारी छ । मैले शुरुमै उठाएको स्थायित्व भएको र विलयनमुखी, क्षणभङ्गुर कलाको व्दन्द नेपाली कला र हरदैनिकी वा ‘एभ्रिडेनेस्’ बीचको व्दन्द हो । हरदैनिकी सजिलो हुन्छ त्यसैले नपाली कलाको रचना गर्नेले सरल कलाका रचना गरे भन्ने सिध्दान्त छ । अलिक विचार गरेर हेर्नुपर्छ, त्यो कुरा । नेपाली कलाको सरलता के हो? नेपाली जीवनकै सरलता के हो? यसको उत्तर सजिलो छैन । यस प्रश्नको उत्तर कसले खोज्दैछन्? त्यो पनि मलाई यकिन थाहा छैन । सबै कलाकारका आफना आफना यात्रा हुन्छन् । कलाहरmमा प्रयोगको युग थियो, अब सकियो भन्ने धारणा पनि मिल्दैन । प्रयोग जटिल हुनुपर्छ भन्ने केही छैन । नेपाली कलाको झन्डै दुई हजार वर्षको इतिहास हेर्ने हाम्रो आधार जे छ त्यही हो । जुन बचेको छ, त्यो हो । कतिपय अस्पृश्य लोककलाहरmको लोप भयो ।उदाहरणसम्म पनि छैनन् हामीसूग ।
मेरो कलायात्रातिर फर्किदा कहिलेकहीं लाग्छ, मेरा विषय अस्पृश्य छन् । तर रmपहीन पत्थरदेखि कुूदिएका पत्थरसम्म, विश्रृङ्खल ध्वनिदेखि सृ्त्रवध्द सङ्गीतसम्म, क्षितिजको रङ्गविधानदेखि क्यानभासको रङ्गविधानसम्म, रसिला र मायालु आूखाहरmदेखि प्रस्तरका आूखासम्म, निर्वन्ध उडान गर्ने पङ्खीदेखि पाषाण रचनामा जमेका उडानसम्म, सर्वत्र खुला ग्रामिण संसारदेखि निर्मित नागरका वास्तुकलाजनिन संसारसम्मको यात्रा गर्दा मेरो एउटा प्mलानर हुनु नियतिमात्र होइन, चाख र मुक्ति, ज्ञान र महायात्रा थियो भन्ने थाहा पाउूछु । त्यो जारी राख्ता जीवन हुन्छ । कला र जीवनसूग यसरी नित्य छु ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com